शिक्षाकाे गुणस्तर सुधार आजको आवश्यकता संसद राजेन्द्र राई,

धनकुटा ,

नेपालमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न आवाश्यक  रहेको सघिय संसद राजेन्द्र राईले बताउनु भयो । धनकुटाको सहिदभुमि गाँउपालिका वडा नं ७ स्थित टपुदेवी माध्यमिक विद्यालयको ४ कोठे दुइवटा पक्की भवन उदद्याटन गर्दै संसद राइले यस्तो बताउनु भएको हो ।

प्रतिनिधि सभासदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राईको पहलमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा धनकुटा बाट प्राप्त बजेट ७२ , ७२ लाख लागातमा निमार्ण कार्यसम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

उक्त नवनिर्मित विद्यालयको उदद्याटन गर्नु हुदै शिक्षा क्षेत्रको विकास तथा सुधार र दक्ष जनशक्ति उत्पादनका लागि सबै भन्दा पहिला भवनको आवाश्यक पर्ने भएकाले आफ्नो पाँच वर्षे कार्यकालमा जिल्ला भित्र ३ सय भन्दा बढि विद्यालयको भवन निमार्ण तथा विकास गर्न सफल भएको दावी गर्नु भयो ।

साथै उहाँले हामि दोबाटोमा उभिएका छौ अबो हामीले बाटो तयार गर्ने बेला आएको छ , शिक्षा क्षेत्रको गुणस्तर सुधारले मात्र देश बन्ने भएकाले आगामि संघ र प्रदेशको निर्वाचनमा ठिक व्यक्ति लाई छान्न सकियो भने मात्र सपना पुराहुने भन्दै सम्पूर्ण शिक्षा प्रेमि ,बुद्धिजिवी समाजसेवि अभिभावक लगायत आम जनतालाई ठिक व्यक्तिलाई छानेर भोट लगाउन आह्वान गर्नु भयो । विद्यालय उदद्याटन कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख साबित्रा राई रहनुभएकाे थियोे ।  यस्तै  अतिथिहरुमा गाउँपालिका अध्यक्ष अध्यक्ष मनोज राई , वडा अध्यक्ष बमबहादुर राई लगायत थिए । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानध्यापक , शिक्षकहरु लगायतको उपस्थिति थियो ।