देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संसदीय निर्बाचन बहिष्कार गर्दै |

काठमान्कडौ १४ भदौ / नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले  एक बक्तब्य जारि गर्दै आउदै गरेको आसन्न संसदीय निर्वाचनलाई सक्रिय रुपमा बहिष्कार गर्न  अग्रगामी ब्यबस्था एबम जनगणतन्त्रको स्थापनार्थ संघर्षमा संग्लन हुन् सम्पूर्ण देशभक्त, बामपन्थी, प्रगतिशील र क्रान्तिकारीहरुलाई आह्वान गरिएको छ |

यो पार्टी र पार्टीभित्रको सबै मोर्चाले गएको स्थानीय निर्वाचनलाई पनि जनघातको संज्ञा दिदै सशक्त रुपमा बहिष्कार गरिएको थियो | नया सबिधान बनिसके पछी संसदहरु नेपालि जनताको अपेक्षाबिपरित् रास्ट्रघात र जनाघतको काममा संग्लनता भएको जिकिर गर्दै आगामी संसदीय निर्वाचनमा  भाग लिनुको कुनै अर्थ नरहेको स्पष्ट गरिएको छ |

व्यबस्थापिका न्यायपालिका र कार्यपालिका नै असफल भएको अबस्थामा अब नया ब्यबस्थाको विकल्प बाहेक अरु केहि नरहेको भन्दै सम्पूर्ण देशभक्त, बामपन्थी, प्रगतिशील र क्रान्तिकारीहरुलाई आह्वान गरिएको हो |