राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला

काठमाडौँ १० भदौ | काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ। अहिले यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुने विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ यस्तै आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ। यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको बेसमेन्टमा रहेको पार्किङ खाली गराएको हो।

विभागले निम्न ५ कुरा हरुको ध्यान दिन सबैलाई आग्रह गरेको छ :
क) Live Enrollment Center राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस

विभागमा आइदिनु हुन । ख) राहदानी आवेदनका लागि आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र यस विभागमा आइदिनु हुन

ग) तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गरिदिनु हुन

। घ) राहदानी सम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिनु हुन

ङ) राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिनु हुन ।