धनकुटा भदौ ७
नेकपा एमाले धनकुटाकाे पालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्लाकाे सात वटै तहमा सम्पन्न भएको छ ।
आज जिल्लाको पाख्रीबास नगरपालिकामा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण दिदै पार्टीको सातैतहकाे पालिका स्तरीय भेला आज सम्पन्न भएको पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिनु भयाे ।
भेला तथा प्रशिक्षणका क्रममा सातै तहका नेता तथा कार्यकर्तालाई समाजवाद निर्माणका योजना स्थानिय तह निर्वाचनका सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, पार्टीमा देखा परेका समस्या र समाधान, अनुशासित पार्टी निर्माण गर्ने लगायतका विषयमा छलफल तथा प्रशिक्षण दिएकाछन् ।


त्यस्तै गरि आज पार्टीको अभियानकाे अन्तिम दिन पाख्रीबासका नेता कार्यकर्ताहरुलाई भेलाका प्रमुख अतिथि जिल्ला ईन्चार्ज राजेन्द्र राई , प्रदेश कमिटी सदस्य टंक चाैहान , पार्टी अध्यक्ष पराजुली , पार्टीका जिल्ला सचिव निरन राई , नगर अध्यक्ष सान्तिराम गाैउतमले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेताकार्यकर्ताकाे उत्साह जनाक उपस्थित थियोे ।