नागरिकता विद्येयक पास गरेर गठबन्धनले देशलाई दुरगामि असर पारेको : एमाले नेता राजेन्द्र गौतमको भनाई

 

धनकुटा
नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले नागरीकता विद्येयकका सम्बन्धमा सम्मानित राष्ट्रपतीले उठाएका बिषय गम्भीर भए पनि गठबन्धन सरकारले त्यसलाई पूर्ण रुपमा अस्वीकार गरेको हुदाँ त्यसले दुरगामी असर पार्ने बताउनु भएको छ ।

शनिबार कार्यकर्ता प्रशिक्षणका क्रममा धनकुटा आई पुगेका नेता गौतमले नेकपा एमाले जिल्ला कमिटी धनकुटाले अयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् तर अव सरकारले पठाएको विधेक लाई राष्ट्रपतीले जारी गर्नु बाहेक अन्य विकल्प उहाँ संग नरहेको बताउनु भयो । साथै उहाले भने विद्येयक महिला हरुको स्वाभीमान माथी चोट पु¥याउने स्वाभीमानको विषयलाई पुनः विचार गरीनुुपर्ने बताएकाछन् । नागरिकताको बिषयमा सबै दलको एक ठाउँ हुनु पर्ने भए पनि लक्ष्य बिहिन गठबन्धन सरकारले जे मन लाग्यो त्यही गर्न थालेको मा आफूहरुलाई दुख लागेको समेत उहाँको भनाई थियो । नेता गौतमले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा नेकपा एमाले लाई हराउनु भनेको फलामको चिउरा चपाउनु सो सरह रहेको बताउनु भयो ् । कुनै पनि दल नेकपा एमाले सँग सिङ्गल प्रतिस्पधार्मा आउन नसकेर गठबन्धन गरेको तर एमालेलाई हराउन कुनै पनि हालतमा नसक्ने बताउनु भयो ।