आफ्नो मानहानी हुनेगरि एक सञ्चार माध्यमले समाचार प्रकाशन गरेकाे भन्दै वडाअध्यक्ष तामाङकाे ध्यानाकर्षण

धनकुटा साउन १७ , 
आफ्नो मानहानी हुनेगरि एक सञ्चार माध्यमले समाचार  प्रकाशन गरेको भन्दै धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङदा तामाङले ध्यानाकर्षण भएको जनाउनु भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले शिखर हट न्यूज डटकममा प्रकाशन भएको समचारको विषय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
वडाध्यक्ष तामाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘म यस वडाको वडाध्यक्ष भएको नाताले धनकुटा नगरपालिकाले लगाएको पार्किङ कर शूल्क उठाउनेक्रममा उठाईएको शूल्क को रसिदनदिएको र आगन्तुक पर्यटकहरुलाई अभद्र व्यवहार भएको र तोकिएको ठाउँभन्दा वाहिर शूलक उठाएको भनि सरोकारवालाबाट पटक पटक जानकारी आउको हुँदा सो विषयमा यथार्थ बुझ्न म लगायत सरोकारवालाहरु पार्किङ शूल्क उठाउने धनकुटा नगरपालिका १ कुवापानी बस्ने विनोद घिमिरेलाई भेटी सो विषयमा जानकारी लिने साथै नियमको परिधिमा रहेर शूलक उठाउन अनुरोध गर्दा म माथि नै अपशब्द प्रयोग गरेको कुरा जानकारी गराउन चाहन्छु ।‘
‘यसप्रकारको पर्यटक,ढुवानीका साधन,नीजि तथा सार्वजनिक यातायातहरुमा कर असुल्ने प्रक्रियाको विरुद्धमा म हिजो पनि दृढ थिए र भविष्यमा पनि यस्ता क्रियाकलापको विरुद्ध सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु । र सत्य तथ्य नबुझी एकतर्फी समाचार सम्प्रेषण नगर्न अनलाईन मिडियाहरुलाई सचेत गराउन चाहन्छु । साथै कानुनी कारवाहीको प्रक्रियामा जाने जानकारी गराउन चहन्छु ।‘