सहिदभूमि वडा नं १ ले आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरेका काम तथा याेजना विवरण सहित ,

धनकुटा असार ८,

सहिदभूमि गाउँ पालिका वडा नं १ धनकुटाले आर्थिक वर्ष २०७९/८० काे विभिन्न १० वटा याेजना सम्पन्न गरेको छ । जस् अन्तरगत पुङ्थुङ डाडटोल कृषि सडक स्तरउन्ति तथा निर्माण (१५००००) १लाख ५० हजार , घङ्गरु झोलुङे पुल सडक निर्माण (१०००००) १ लाख  ,
उन्नत जातको खुर्सानी र मकैको बीउ बितरन (४०००००) ४ लाख,
खानेपानी पाइप बितरन (३०००००) ३ लाख ,
गङ्गटे गोपालपुर खानेपानी मर्मत (१५००००) १ लाख ५० हजार ,
बालबालिकाहरुको नेतृत्व र छमता बिकास कार्यक्रम (५००००) ५० हजार ,
छिन्ताङ सहिद कप र प्रकाश थापा कप खेलाकुद कार्यक्रम (१०००००) १ लाख ,
त्रिबेणि प्रहरी चौकी ब्याबस्थापन (५००००)५० हजार ,
मिलन प्राबी र चन्द्रोदय प्राबी ब्याबस्थापन (१०००००) १ लाख ,
बिपन्न परिवर साैचालय प्रोत्सान कार्यक्रम (५००००)५० हजार रहेकाछन् । माथि उल्लेखित शिर्षककाे काम सम्पन्न भए संगै वडा नं १ मा चालू आवकाे ९० प्रतिशत काम तथा याेजना सम्पन्न भएको वडा अध्यक्ष रमेशकुमार राइले जानकारी दिनु भयो । यस्तै गरि अहिले आगामी आर्थिक वर्षको वडाको याेजना तथा नीति कार्यक्रमका लागि वडामा छलफल याेजना छनाैट र निर्माण कार्य भईरहेकाे उहाँले बताउनुभयो ।

वडाकाे टाेल स्तरमा पुगेर आउदाे आर्थिक वर्षको याेजना छनाैट तथा छलफल तस्बिर ,