आमाछोदिङमो गाउँपालिका कार्यालय द्वारा बजार अनुगमान

प्रभात लामा रसुवा । ६ असार । हिमाली जिल्ला रसुवाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका कार्यालयबाट पसलहरूको अनुगमन गरेको छ ।

आमाछोदिङमो गाउँपालिका वडा न: ४ तार्कशिङ र वडा न: ५ थाम्बुचेतमा रहेका पसलहरू अनुगमन गरी म्याद गुज्रिएका खाद्य सामाग्रीहरू चाउचाउ,बिस्कुट ,चकलेट ,बियर ,जुस, तथा सुर्तीजन्य वस्तुहरु जम्मा गरी नस्ट गरिएको हो ।

डेट सकिएको सामनहरु सङ्कलन गर्दै

गाउँपालिका प्रमुख बुचुङ तामाङ र उप-प्रमुख चण्डिका तामाङ पालिका प्रशासनिक अधिकृत अमार बहादुर जिसि साथै नेपाल प्रहरीको रोहवरमा अनुगमन गरी म्याद सकेको समनाहरु नष्ट गरी उपभोक्ताहरूलाई सचेत गरिएको थियो ।