मल्टि मिडिया प्रयोग सम्बन्धि प्रशिक्षण हिलेमा

धनकुटा जेठ १५
विघालय प्रविधि मैत्री बनाउन प्राध्यापक प्रशिक्षण   कार्यक्रम  साेमबार देखि धनकुटाको हिलेमा सुरु भएको छ ।
हिले क्याम्पसको आयोजना तथा धनकुटा नगरपालिका र विश्व विद्यालय अनुदान आयोगको सहयोगमा ४ दिने क्याम्पसका प्रमुख तथा प्राध्यापकहरुलाई प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा धनकुटा जिल्लाको विभिन्न क्याम्पसका प्रमुख ,प्रध्यापकहरु र तेह्रथुम , भोजपुर , उदयपुर , सुनसरी लगायत जिल्लाका क्याम्पस प्रमुख तथा प्रध्यापकहरुको सहभागिता रहेको छ । कार्यक्रमा अमेरिका युनिभर्सिटीका प्रध्यापक कोशिप्रदेश लगानि प्राधिकरणका कार्यकारी प्रमुख डा.सरोज कोइराला , अमेरिका युनिभर्सिटीका प्रध्यापक विषय विज्ञ डा. मेदनी अधिकारीले कार्यक्रममा सहजीकरण गरिरहनु भएको छ । कार्यक्रमको उदघाटन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सामुदायिक विद्यालयलाई प्रविधि मैत्रि बनाउन आफु तयार रहेको भन्दै अबको ४ वर्ष भित्र शिक्षा र पर्यटन क्षेत्रमा नगरलाई विकास गर्ने लक्ष्य सहित अगाडि बढिरहेको जानकारी गराउनु भयो ।

त्यस्तै गरी वडा अध्यक्ष वाङद तामाङले परम्परागत शिक्षालाई परिवर्तन गरेर समय अनुसार अहिलेको युगमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न प्रबिधिमैत्री शिक्षाको विकास गर्न आवाश्यक रहेको उहाले बताउनु भयो । कार्यक्रममा प्रदेश शिक्षा विकास निर्देशानलयका निर्देशक कृष्ण प्रसाद पोख्रेल , शिक्षा विकास समन्वय धनकुटाका प्रमुख मोहोन राईले शैक्षिक क्षेत्रको विकास तथा सुधारका लागि सरकारले लगानि गररहेको भएता पनि लगानि तथा नीतिलाई फलोप गर्न नसक्नु अहिले कमजोरी रहेको बताउनु भयो । त्यस्तै गरी स्थिर सरकार नहुदा पटक पटक सरकार परिवर्तन भइरहने समस्याका कारण शिक्षा क्षेत्रमा सोचे अनुसार काम गर्न अफ्ठायो परिस्थिति रहेको बताएकाछन् । अनुसार शिक्षा क्षेत्रमा सुधार हुन नतिजा हिले क्याम्पस प्रमुख तारा नाथ मिश्रको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि हिले क्याम्पसका साहेक प्रमुख प्रदिप फुयालले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन हिले क्याम्पसका प्राध्यापक मुकुन्द शर्माले गर्नु भएको थियो । कार्यक्रममा क्याप्पस सन्चालन तथा निमार्ण समितिका पदाधिकारी तथा सदस्य , कार्यपालिका सदस्य जनप्रतिनिधिहरुको उपस्थिति थियो ।