रसुवा, ७ जेठ | हिमाली जिल्ला रसुवा उतारीभेगमा पर्ने आमाछोदिङमो गाउँपालिकामा दावा नोर्चु तामाङ्को सभापतित्वमा नेपाली कांग्रेसको कार्यसमिति सर्वसम्मत पुनर्गठन सम्पन्न भएको छ। त्यसैगरी उपसभापतिमा फुर्वा छेवाङ ,देबि तामाङ र सिङ्गी बहादुर तामाङ चयन भएको छ्न।
पार्टीको कार्यसमितिको सचिवमा मिङमार तामाङ ,प्रभात लामा,प्रगति तामाङ चयन भएको हो । त्यसैगरि सहसचिवमा राजन तामाङ, फुर्वा टासि तामाङ र ल्हक्पा छोरिङ तामाङ चयन भएका छ्न। पार्टीको कोषाध्यक्षमा निमा छिरिङ तामाङ सर्वसम्मत मनोनीत भए ।

त्यसैगरी कार्यसमितिको सदस्यमा गाउँपालिकाको वडा ५ बाट एक महिला सहित दुई खुला सदस्य चयन भएको छ । कार्यसमितिको सदस्यमा अल्पसंख्यक,जनजाति र अपाङ्ग को एक एक जना सदस्य गरि २५ जानको गाउँपालिका कर्य समिति चयन भएका छ्न । अधिवेशनको उद्घाटन समारोह पार्टीको जिल्लासभापति अध्यक्ष पेम्बा छिरिङ तामाङ ,उपसभापति फुर्वा वाङ्दी तामाङ महाधिवेशन प्रतिनिधि उर्केन तामाङ र प्रदेश सभापति तथा गाउँपालिका प्रमुख बुचुङ तामाङको अध्यक्षतामा गाउँपालिका कार्यसमिति सम्पन्न भएको छ ।