यी हुन् महिला उम्मेद्वार नभएको ६१ वटा निर्वाचन क्षेत्र

काठमाडौं, २१ कार्तिक । आगमि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिलाहरुले उम्मेद्वारी दिएका छैनन् । नेपालको संविधानले कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भएतापनि निर्वाचनमा महिलाको उपस्थिति निकै नै कम देखिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याँक अनुसार ६१ वटा निर्वाचन क्षेत्रमा कुनै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ नउठेको देखिएको छ । पुरुषभन्दा बढी महिलाको जनसंख्या भएको नेपाल जस्तो देशमा अझै पनि महिला उम्मेदवार प्रत्यक्षतर्फ कम हुन भनेको राज्यको लागि लाजमर्दो विषय हो । प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाएको छ ।