काठमाडौं,२१ कार्तिक । एमालेका कार्यकर्ताले रेखा थापालाई भोट हाल्ने भएका छन् । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घरदैलो कार्यक्रममा सुन्दरहरैंचा १० का स्थानीय रेवन्त अधिकारीले आफू २०४६ साल देखि एमालेको कार्यकर्ता रहे पनि यो पटक रेखा थापालाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले स्थानीयलाई प्रश्न गर्दै भने ’लक्ष्मी पुज्नु हुन्छ हुन्न तपाईँहरू यत्ति भन्दिनुस् ।
एउटा नारीले के गर्न सक्दैन ? प्लेन उडाएको छैन ? देश चलाको छैन ? तपाईँ हामीले एउटा स्वच्छ छवि भएको नारीलाई चुन्न पाउनु नै गौरवको कुरा हो भनेर जवाफ दिएका छन् ।
यसरी अन्य पार्टीका सक्रिय कार्यकर्ता नै नेतृत्वबाट निराश हुँदै जाँदा थापा झनै बलियो उम्मेदवारको रूपमा प्रस्तुत भएको स्थानीयको बुझाई छ । विवादित छवि भएका एमालेका ढकाललाई नै दोहोर्याउनु पार्टीको लागि समेत घातक हुन् सक्ने अनुमान यति बेला स्थानीयले गर्न थालेका छन् ।