काठमाडौं,२० कार्तिक । तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आगामी मंसिर ४ गते आयोजना गरेको संघिय संसद र प्रदेश संसदको चुनावलाई पूणर् रुपमा बहिस्कार गर्ने ठाडो चुनौति दिएका छन् । आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दे जबसम्म नेपालमा दलाल संसदिय व्यवस्था रहिरन्छ तबसम्म आम जनाताले कहिले पनि सुख नपाउने भन्दै चुनावी सभा बिथोल्ने र यसलाई सक्रिय हुन नदिने जनाएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हरेक ५/५ वर्षको अन्तरालमा राष्ट्र र जनताका विरुद्ध अपराध गर्ने राष्ट्रघाती एवं जनघाती तत्वहरुको नविकरण गर्ने हतियारको रूपमा आम चुनावको नौटंकी गरेको बताए ।
आगामी मंसिर ४ गते हुने कथित चुनावले विगतमा राष्ट्र र नेपाली जनताको विरुद्धमा गरेका अपराधलाई हजारौं गुणा बढाएर लाने र राष्ट्रिय आत्मसमर्पणवादी दलालहरुको गिरोह तयार गर्ने उनको दावी छ ।
यो चुनावमा नराम्रा मान्छेले जित्नेछन्, एकाधले जितेछन् भने पनि तिनलाई संसद र राज्य सञ्चालनका सवालमा निरिह बनाउने उनको भनाई छ ।