चाैबिसे गाउँपालिकामा संघ र प्रदेश प्रचारप्रसार तथा जनता भेटघाट कार्यक्रम सुरु

धनकुटा ,

चाैबिसे गाउँपालिकामा नेकपा एमाले पार्टीको घरदैलो तथा जनता भेटघाट अभियान सुरु भएको छ ।

गाउँपालिकामा चुनावी प्रचारप्रसार अभियानमा नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज संघीय प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , प्रदेश क्षेत्र नं १ का उम्मेदवार निरन राई र समानुपातिक उम्मेदवार शिव आङ्ला लिम्बूलेकाे टाेलिले घरदैलो तथा जनता भेटघाट अभियान थालेको हो ।

बुधबार गाउँपालिका वडा नं. ५ बाेधे क्षेत्र बाट चुनावी प्रचारप्रसार घरदैलो ,वडा भेला जनता भेटघाट गरेको छ । अभियानमा पार्टीका शिर्ष नेता , पालिका कमिटी पदाधिकारी , वडा कमिटी ,टाेल कमिटीका नेताकार्यकर्ताकाे सहभागीता रहेको छ ।