शहिदभुमि ४ र५ खाेकु का जनता संग भेटघाट गर्दै प्रदेश क्षेत्र नं २ का उम्मेदवार ईन्द्रमणी पराजुली ,

धनकुटा

नेकपा एमाले प्रदेश निर्वाचन क्षेत्र नं २ का उमेद्वार ईन्द्रमणी पराजुलीले जनता संग भेटघाट कार्यक्रमलाई तिव्रता दिनुभएकाे छ ।

शनिबार शहिदभुमि गाउँपालिकाका वडा नं ४ र५ का जनता संग भेटघाट गर्दै विकास निर्माणका विषयमा राय बुझ्ने र पार्टीले अघि सारेका विकास तथा कामका विषयमा छलफल तथा अन्तक्रिर्या गर्नु भएको छ । उहाले स्थानियबासीहरु संग आफूले चुनाव जितेपछि बाकी रहेका आयोजना पुरा गर्ने र थप विकास निर्माणका कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

भेटघाट कार्यक्रममा प्रदेश सभा ख का समानुपातिक उमेद्वार शिव आङ्ला लिम्बू , पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका सहईन्चार्ज सकुन्तला बस्नेत , प्रदेश कमिटी सदस्य दिपक बुढाथोकी , पार्टीका स्कुल विभाग प्रमुख गाउँपालिका अध्यक्ष मनाेज राई लगाएत स्थानिय नेताहरुको टोलीले वडा नं ४ र ५ का जनता पार्टीका अग्रज नेता संग भेटघाट गर्नुभएको थियो ।