काठमाडौँ, १० असोज | मोहन वैद्य निकट ( क्रान्तिकारी माओवादी) सहित चार दल द्वारा निर्वाचन बहिस्कार कार्यक्रम घोसना गरेको छ | महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंगुलगायतका रोगव्याधि, राष्ट्रघात, जनघात जस्ता विकराल समस्याबाट झेलिरहेको नेपाली जनतालाई निर्वाचन गरेर अझधेरै आर्थिक भार बोकाएको भन्दै निर्वाचन बहिस्कार गर्नु पर्ने दलहरुको भनाई रहेको छ |
निर्वाचन बहिस्कार गर्ने दलहरुमा नेकपा (क्रान्तिकारी माओवादी),ने.क.पा. (बहुमत),ने.क.पा. (मसाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपाल रहेको छ |चार दल द्वारा हस्तक्षर प्रेस बिज्ञप्ति अनुसार निम्न कार्यक्रमहरु तय गरिएको छ |
सङ्घर्षका कार्यक्रमहरु:
• २०७९ असोज २३ गते चितवन
२०७९ असोज २५ गते जनकपुर
• २०७९ असोज ३१ गते विराटनगर
• २०७९ कात्तिक ४ गते बुटवल
• २०७९ कात्तिक २ गते पोखरा
• २०७० कात्तिक १७ गते सुर्खेत
• २०७९ कात्तिक १९ गते धनगढी
२०७९ कात्तिक २३ गते काठमाडौं
• यसका साथै जिल्लाहरुले आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरु गर्ने ।
