अखिल (क्रान्तिकारी)ले मकवानपुर जिल्लामा संगठन विस्तार संगठन सृदृढिकरण अभियान संचालन

काठमाडाैं,८ असोज । नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी)ले मकवानपुर जिल्लामा संगठन विस्तार तथा संगठन सृदृढिकरण अभियान तिव्र बनाउदै गएको छ।

कार्यक्रममा प्रमुख अथिति संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल,विशिष्ट अथितिमा केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य शीलु न्याैपानेलगायतका विद्यार्थी नेताहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा अथितिहरूमा नेकपा (क्रान्तिकारी माओवादी)का मकवानपुर जिल्ला सहइन्चार्ज क.पारस,अखिल(क्रान्तिकारी)का केन्द्रिय सचिव मनकुमार न्याैपाने,क्रान्तिकारी युवा लिग बागमती प्रदेश सचिव जितुलगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे। उक्त कार्यक्रम अखिल(क्रान्तिकारी)कि विद्यार्थी नेतृ क.विनिता तामाङकाे अध्यक्षतमा भएकाे थियाे।

कार्यक्रमकाे संचालन अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव मिनकुमार न्याैपानेले गर्नु भएकाे थियाे। उक्त कार्यक्रममा पार्टीको तर्फवाट जिल्ला सहइन्चार्ज पारष मन्तव्य राखेका थिए। त्यस्तै संगठनका तर्फबाट मन्तव्य राख्नेमा अखिल(क्रान्तिकारी) की नेतृ शीलु न्याैपाने ,अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले विद्यार्थीहरुलाइ सम्वाेधन गरेका थिए। भेलाले प्रसान्त दाहालकाे अध्यक्षता २३ सदस्य जिल्ला समिति गठन गरेकाे छ।