नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धनकुटाको दोस्रो जिल्ला भेला सम्पन्न

भदौ १८

नेकपा एमाले सम्बद्ध संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धनकुटाको दोस्रो जिल्ला भेला आज सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले पार्टीको बहुमतले विजयी गराउनका लागि अन्तर जिल्ला निर्वाचन परिचालन कमिटी बनाउने ,जिल्ला निर्वाचन परिचालन कमिटी बनाउने ,संगठन सुदृढीकरण , पालिका स्तरीय भेला प्रशिक्षण तिव्र ढंगले सञ्चालन गर्ने र ९ ओै राष्ट्रिय खेल प्रतियोगिता को जिल्ला छनौट अनुगमन तथा सहजीकरण गर्ने निर्णय सहित भेला सम्पन्न भएको महासंघका प्रदेश उपाध्यक्ष भोगेन्द्र थापाले बताउनुभयो ।

कार्यक्रमको विशेष अतिथि महासंघको प्रदेश ईन्चार्ज सन्तोष बान्तवा , पार्टीका जिल्ला सचिव निरन राई उप सचिव शिव आङला ,महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा लगायत नेताहरूको उपस्थिति थियोे ।

जिल्ला खेलकुद महासंघका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको स्वाग मन्तव्य उपाध्यक्ष कुमार घर्ती मगरले राख्नु भएको थियोे । जिल्लाका सात वटै तहका महासंघमा आवाद्व खेलाडी तथा नेता कार्यकर्ताको उपस्थिति थियोे ।