दोलखा, १० भदौ | गौरी शंकर गाउँपालिकामा भुमि आयोग समिति गठन गरेको छ | गाउँ पालिका अध्यक्ष विश्वाश कार्कीको अध्यक्षतामा बसेको बैठकले आयोग समितिको गठन गरेको हो | समितिमा संयोजक को रुपमा पालिका अध्यक्ष विश्वास कार्की रहेको छ भने उपसंयोजकमा श्याम सुन्दर तामाङ रहेको छ |
सदस्यहरुमा सुन्दर खड्का (नेकपा एमाले ),अर्जुन ओली (नेपाली कांग्रेस ),युग बहादुर बस्नेत (माओवादी केन्द्र ),मिङमा शेर्पा (नेकपा ए.समाजवादी ), मिङमा शेर्पा (जसपा ),लाल बहादुर खड्का (राप्रपा), जिमी शेर्पा (कार्यपालिका सदस्य )देवी घतानी (कार्यपालिका सदस्य ) सोम बहादुर तामाङ, होम बहादुर नेपाली , निमलेकि शेर्पा र पवन कुमार प्याकुरेल रहेको छ |