छथरजाेरपाटीमा एमाले पार्टीको पालिका स्तरीय भेला सम्पन्न

धनकुटा ,

नेकपा( एमाले) धनकुटाको सात वटै पालिका कमिटीको आयोजनामा पालिका स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रमसञ्चालन भईरहेकाे छ ।

साेहि अभियान अन्तरगत शुक्रबार छथरजाेरपाटी गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज राजेन्द्र राई , प्रदेश कमिटी सचिवालय सदस्य चन्द्र बस्नेत , प्रदेश कमिटी सदस्य हिमादेवि बस्नेत , पार्टीका जिल्ला कमिटी अध्यक्ष ईन्द्रमणी पराजुली , पार्टीका स्कसल विभागका पदाधिकारी सेर बहादुर लिम्बू लगायतले सहभागी नेता कार्यकर्तालाई पार्टीको समसामयिक निर्वाचन लगायत विषयमा प्रशिक्षण दिएकाछन् । साथै भेलाले आगामी संघ र प्रदेश निर्वाचनमा नेकपा एमाले पार्टीलाई बहुमतले विजयी गराउने घाेषणा समेत गरेको छ । जुनसुकै गठबन्धनलाई परास्त गर्ने याेजना सहित भेला सम्पन्न भएको हाे ।