राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन नेकपा एमालेले चुनाव जित्नु पर्ने पुर्वमन्त्री भानुभक्त ढकालकाे भनाइ ,

धनकुटा

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन नेकपा एमाले पार्टीले बहुमतले चुनाव जित्नु पर्ने एमालेका स्थाइ कमिटी सदस्य तथा पूर्व स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । निर्वाचन केन्द्रित अभियानका क्रममा धनकुटा आईपुग्नु भएका नेता ढकालले प्रेस चाैतारी नेपाल धनकुटाले आयाेजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताउनुभएको हाे । त्यस्तै गरि उहाले एमालेले एक्लै चुनाव लड्ने भन्दै स्थानीय तहको निर्वाचनमा २०७४ सालकाे स्थानीय तहको निर्वाचनमा भन्दा बढि मत ल्याउन सफल भएकोले काेहि संग गठबन्धन नगर्ने दावी गर्नु भयाे । साथै उहाले कुनै दल संग एमालेसँग एक्लै चुनाव लड्ने सामर्थ्य नभएका कारण अरू सबै मिलेको उहाँको को भनाइ छ। उहाले एमाले संग सहकार्यका लागि आए एमालेकाे निति सिद्धान्त र विचार लाई अङ्गिकार गरे मात्र एमाले तयार रहेको बताउनुभयो ।
। एमालेका स्थाई समिती सदस्य तथा प्रदेश १ का पुर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पुरा नगर्दा प्रदेश नम्बर १ को नामाकरण हुन नसकेको आरोप लगाउनुभएको छ ।पत्रकारहरु संगकाे कुराकानीमा पूर्व मुख्यमन्त्री राईले अहिले नेपाली काङ्ग्रेस प्रदेश नामाकरण गर्न खुट्टा लर्बराएर प्रदेशको नामाकरण बाट भाग्न खाेजि रहेको आराेप लगाउनुभयो । नेकपा एमाले छलफलका लागि तयार रहेको उहाले दावी गर्नु भयो । कार्यक्रममा स्थाई कमिटी सदस्य तथा प्रदेश १ का पूर्व कानुन मन्त्री हिक्मत कार्की,केन्द्रिय सदस्य राजेन्द्र कुमार राई,सकुन्तला बस्नेत,बिनादेवी राई, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुली , जिल्ला कमिटी सचिव निरन राई लगाएत जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।