माेरङमा खोलामा डुवी १ जनाको मृत्यु

असार २९ ,

मोरङको रंगेली नगरपालिका-२ स्थित खोलामा डुवी १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो रंगेली-२ का २५ बर्षीय भिम राई घर नजिकै रहेको कट खोलामा घुँगी टिप्न भनि गएकोमा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । मृतक राईको शव पोष्टमार्टमको लागि रंगेली अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।