काठमाडौँ ,जेठ १० | सेन्ट लरेन्स कलेजमा शिक्षक जनार्दन अधिकारीले पटक पटक दुर्व्यवहार गरेको बिषयमा सोहि कलेजमा अध्यनरत विद्यार्थी हरुले आन्दोलन गर्दा भएको धरकपट बारे (नेकपा क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले बिज्ञप्ति निकालेर आपति जनाएको छ |

कलेजमा अध्यनरत ३ जना छात्रा र एक जना महिला कर्मचारी माथि भएको दुर्व्यवहार बाहिरिए पछी विद्यार्थीहरुले तत्काल शिक्षक जनार्दन अधिकारी लाई कारवाईको माग राख्दै आन्दोलनमा उत्रिएको थियो | आन्दोलनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा केहि विद्यार्थी घाइते समेत भएको जनाएको छ |





