काठमाडौं, ५ जेठ । इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकार संग देशभक्त जनगणतान्त्रिक मोर्चाले माग गरेको छ |
एक बिज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ताको माग गरेका हुन् | पटक पटक नेपाल आयल निगम मार्फत नेपाल सरकारले गरेको इन्धनको मूल्यवृद्धि बिरुद्धका कारण आवश्यकिय बस्तुहरुमा भएको महंगीले नेपाली जनजीवन अस्तव्यस्त भइरहेकोले यस्तो समयमा जनतालाई राहत दिनु पर्नेमा सरकारले एकै पटक पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेर महंगी कयौ गुणा बढाउने काम गर्दै जनतालाई आहत तुलाएको बिज्ञप्तिमा भनिएको छ |
यो सब कारणले देश संकट तिर धकेलिएकोले यसको दुष्परिणाम आउन नदिन पेट्रोलियम प्रदार्थको मूल्य घटाउन र महंगी नियन्त्रण गर्न बिज्ञप्तिमा माग गरिएको छ |