धनकुटा, वैशाख १४| धनकुटाकाे पाख्रीबास नगरपालिका वडा नं ९ बाट एमाले पार्टी काे नगरकै सबै भन्दा कान्छी वडा सदस्य एलिसा परियार बनेको छ । एलिसा परियार सामान्य परिवारका हुन उनी उमेरले २१ वर्ष पुगेकिछिन ।
सानै उमेरमा विहे गरेकि एलिसाले आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा आफ्नो पनि उम्मेदवारी दिने ईच्छा लागे पछि उम्मेदवारी मनाेनयन दर्ता गराएको बताउनु भयाे ।
एलिसाकाे ३ वर्षको वच्चा पनि रहेको छ । गरिव परिवारमा हुर्केको एलिसा परियारले सामान्य बाहेक पढाइ अगाडि बढाउन सकेनन् आफ्नो पढ्ने रहर अधुरै रहेपनि वडा सदस्य भएर जनताको काम गर्ने ईच्छा रहेको बताईन। साथै उनले आफ्नो व्यतित्व विकास हुनुका साथै सरकारमा आफ्नो पनि सहभागीता रहने बताईन।