राष्ट्रिय मुक्ति क्रान्तिको एकमहिने १०१ कार्यक्रम सम्पन्न

काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्तिको दोस्रो चरणको १०१ कार्यक्रमहरु देशव्यापीरुपमा सम्पन्न भएको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोश्रो चरणको १०१ वटा कार्यक्रमहरू सम्पन्न गर्ने कार्ययोजना वमोजिम देशभरी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण नेता, अभियन्ता, जनसमुदाय तथा सहयोगी, शभेच्छुक, शुभचिन्तक, पक्रकारहरूलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेका छन् ।

 

यसै सन्दर्भमा असार ४ गते केन्द्रिय कार्यक्रम अन्तर्गत काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रम तय भएकोमा देशभरिको कार्यक्रमहरुमा सबै नेतृत्वहरू व्यस्त रहेकोले पर्याप्त तयारी हुन नसक्दा हाल सो कार्यक्रम स्थगन गर्ने निर्णय भएवमोजिम कार्यक्रम स्थगन गरिएको महतोले जनाएका हुन् ।

काठमाडौंको विशाल जनप्रदर्शन कार्यक्रमको मिति पुनः छलफल गरि सार्वजानिक गरिने उनले बताए । साथै, महतोले इस्लाम धर्मावलम्बीहरूको महान पर्व वकर ईदको पावन अवसरमा सुख, समृद्धि एवम् शान्तिको मंगलमय हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

Comments (0)
Add Comment