मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भास्य निर्माण गरियो : राजेन्द्र महतो

काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियानद्धारा सर्लाहीको लालबन्दीमा मधेशी-पहाडी एकता सभा आयोजना राष्ट्रिय मुक्ति क्रान्तिले बोजेनिमा अपर तामाकोशी जलविद्युत पीडितहरूलाई साथ दिदै तत्काल काम रोकेर प्रहरी फिर्ता गर्नुपर्ने विगत ५२४ दिनदेखि विरोध गरिरहेका स्थानीयलाई साथ दिएका थिए ।

त्यस लगत्तै विराटनगरमा कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेका थिए। सोही क्रान्तिलाई राष्ट्रिय मुक्ति क्रान्ति अभियानले हिजो शनिवार सर्लाहीको लालबन्दीमा मधेशी पहाडी एकता सभा आयोजना गरेका छन ।

अभियान सम्बद्ध मधेश ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना र संविधानसभा सदस्य तथा पुर्व मन्त्री राम नरेश रायको अध्यक्षतामा मधेशी पहाडी एकता सभा कार्यक्रम गरिएको छ । लालबन्दीको खेल मैदानबाट शुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उप्रधानमन्त्री राजेन्द्र महतोले मधेश आन्दोलन ताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनि गलत भास्य निर्माण गरेको बताए। त्यही भास्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेशी पहाडी एकता सभाको आयोजन आवस्यक रहेको जानकारी दिए । सोही कार्यक्रममा बोल्दै महतोले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले आफुहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए ।

 

“अर्का नेता केशव झाले कार्यक्रममा भने देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न सकेन त्यसकारण आदिवासी जनजाति , मधेशी, उत्पीडित खस आर्य सबै मिलि संघर्ष गर्नुको विकल्प रहेन  । मधेशमा तराई, पहाड, हिमाल सबै भुगोलका बासिहरु बस्ने भएकोले आपसी सदभाव र सहअस्तित्व स्वीकार गर्नुपर्छ ।”

 

कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी,राजिव झा, बुद्धछिरिङ मोक्तान , जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, बिनोद साह, जिवन तामाङ, राजेश यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Comments (0)
Add Comment