काठमाडौँ। अपर तामाकोसी जलविद्युत् परियोजना पिडित संघर्ष समिति र राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा शुक्रबार बोजेनिमा प्रदर्शन गरेको थियो । उक्त बोजेनिमाको विगत ५२४ दिनदेखि उनीहरूले विरोध गरिरहेका छन् ।
थाली चोकबाट सुरु भएको मोटरसाइकल र्याली बोजेनिमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक राजेन्द्र महतोले क्रान्तिको लक्षण देख्नुभयो बिजेमिमा धोति आइसक्यो तामाङलाई मासिने काम गर्दै छ । राज्यको शासन बदलियो, ब्यवस्था बदलियो तर निति बदलिएन सरकार मेरो एउटा कुरा सुन बोजेनिमा धोति उभिसक्यो यहिँ हो क्रान्त्रि भन्दै खरो अभिव्यक्ति दिदैँ उपस्थित जनाएका थिए ।
नेता बुद्धछिरिङ मोक्तान, नेता सुमन सायमी, रबिन्द्र श्रेष्ठ लगाएतका बरिष्ट ब्यक्तिहरुले आदिवासी भुमिमा एम.सी.सी ले बुटबजायो यो राज्यले सुनुवाई गरेन भने गुठि बिधयक भन्दा भयानक आन्दोलन गर्ने चेतवानी समेत दिए । विगतका दिनमा समेत जर्बजस्ती गोली चलाएर मधेश आन्दोलनको अत्य गर्ने प्रयत्न गरेको भन्दै उनले बन्दुक चलाएरै संविधान जारी गरेको समेत बताए। उनले जारी भएको संविधानमा समेत जनताको समस्या नलेखिएको र अहिलेसम्म सातवटा संविधान बनेको भए पनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको रबिन्द्र श्रेष्ठले बताए।
(शुक्रबार) बोजेनिमा प्रदर्शन गर्दै खानी तथा भूगर्भ विभाग राज्य आतंक बन्द गर, आदीवासीहरूको भूमी फिर्ता गर, विकासको नाममा मान्छे मार्न पाइँदैन, अन्यायपूर्ण विकास पीडितहरू एक हौँ भन्दै विरोध प्रदर्शन गरेका थिए ।
४५६ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुर नगरपालिकाको लप्सीफेदी बोझनीमा विद्युत प्रसारण आयोजनाले सबस्टेसन निर्माण गर्ने लागिएको हो । उक्त सबस्टेसनले अपर तामाकोशीसँगै चाँगुनारायण लप्सीफेदी सबस्टेसन निर्माण जोड्नेछ। लप्सीफेदी बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको सबस्टेसनमा तीन तिरबाट ४०० केभी क्षमताको सारण लाइन विस्तार गर्ने लक्ष्य छ।
उक्त वार्ताका क्रममा संघर्षरत पक्षले तत्काल काम रोकेर प्रहरी फिर्ता गर्नुपर्ने र त्यसपछि विस्तृत रूपमा वार्तामा बस्ने सहमति भएको थियो । संघर्ष समितिले (शुक्रबार) बोजेनिमा शान्तिपूर्ण आन्दोलनमा प्रहरीले नाङ्गो पेस्तोल देखाएर जनतालाई आतंकित गर्ने काम भएको संघर्षरत पक्षको आरोप छ।
आयोजना निर्माण कार्य अघि बढाउँदा त्यहाँका स्थानीयवासीसँग कुनै समन्वय नै नगरी जबरजस्त ढंगले राज्यले दमन गर्न खोजेको समितिका संयोजक तुलाराम तामाङले बताए । जनताको न्यूनतम मानवअधिकार र जनताको सम्पत्तिको हक हनन गरेर राज्यले प्रहरी लगाएर जबरजस्ती गरेको पनि तमाङले बताए । आफूहरु वार्ता र छलफलबाट नै समस्याको समाधानको खोजीमा रहेको बताए ।
अहिलेको परियोजनाले त्यहाँका स्थानीय नागरिकको सन्तानको भविष्यमाथि खेलबाड गरेको भन्दै राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक राजेन्द्र महतो खरो रुपमा प्रस्तुत भएका थिए । त्यसैगरी, नेता बुद्धछिरिङ मोक्तानले प्रहरी र विद्युत प्राधिकरणले ज्यादती गरेको र प्रहरी फिर्ता नगरे जे पनि हुन् सक्ने चेतवानी समेत दिएका थिए । त्यहाँको जनताको सूरक्षाको निमित्त आफूले सरकारको ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म कुनै सुनुवाई नगरेको बिषयलाई लिएर राजेन्द्र महतोले सरकारलाई समेत चेतवानी दिएका थिए ।