राष्ट्रिय मुक्ति क्रान्तिको बृहत प्रदर्शन,राजेन्द्र महतो कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग

काठमाडौं- राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा बृहत प्रदर्शन गरेको छ। कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा शनिवार कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन गरेको हो।

संसरीमाइ स्थान मन्दिरबाट सुरु भएको र्‍याली महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै महतोले राज्यले सबैको अधिकार डकैती गरेको आरोप लगाए। उनले कोशीले नभएर लिम्बु, खम्बु, मेधेसी, कोचिलाले पहिचान मागेको बताए। विगतका दिनमा समेत जर्बजस्ती गोली चलाएर मधेश आन्दोलनको अत्य गर्ने प्रयत्न गरेको भन्दै उनले बन्दुक चलाएरै संविधान जारी गरेको बताए।

उनले जारी भएको संविधानमा समेत जनताको समस्या नलेखिएको बताए। अहिलेसम्म सातवटा संविधान बनेको भए पनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको  बताए। कोणसभामा नेता बुद्धछिरिङ मोक्तान, समान नेपालका संयोजक सिएन थारु, राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डका संयोजक सनाम लिम्बू लगायतले आफ्नो धारणा राखेका थिए।

Comments (0)
Add Comment