सम्पूर्ण नर्सिङ विद्यार्थीलाई विदेशमै रोजगारी गर्न सरकारको आग्रह

काठमाडौं । नर्सिङ पेशा अंगाल्न भन्दै शिक्षा लिनका लागि अहिले पनि विद्यार्थीको घुईँचो लाग्ने गर्छ । नर्सिङ शिक्षा दिने प्राय शिक्षालयहरुमा विद्यार्थीको चर्को प्रतिष्पर्धा हुने गर्छ ।पढ्नलाई शुल्क पनि उत्तिकै महङ्गो छ । तर, नर्सिङ शिक्षा हासिल गरेकाहरुले सकभर रोजगार नै पाउँदैनन ।पाइहाले पनि पारिश्रमिकमा असाध्यै ठगी गरिन्छ । नीजि अस्पतालहरु नर्सलाई तलब दिने मामलामा अत्यन्तै अनुदार बन्नु र दक्ष जनशक्तिले रोजगारी नपाउनु राज्यको लापरवाही वा नर्सहरुको ?

नीजि अस्पतालहरु जागिर दिन्छन तर, तलब दिन आनाकानी गर्छन् । नर्सिङ पेशामा लाग्न चाहने नर्सहरु यस्तैखाले वेथितिका कारण विदेशीनेक्रम पनि उत्तिकै छ ।अस्पतालमा नर्सको अभाव भएपनि नर्सिङ शिक्षा हासिल गरेर बसेकाहरुको कमी छैन् । तर, रोजगारी पाउने सवालमा किन उनीहरु उपेक्षामा पर्दै आएका छन त ? अझं नर्सहरुलाई व्यवस्थित रोजगारी सिर्जना गर्नुपर्ने तालुकदार मन्त्रालय नै विदेशीएर रेमिट्यान्स पठाउन सुझाव दिनुले नर्सिङ पेशा मात्रै नभएर स्वास्थ्य क्षेत्र नै तहसनहस त हुन्न भन्ने आशका बढ्दो क्रममा छ । नेपालमा हरेक बर्ष माघ १५ लाई नेपाल नर्सिङ दिवसको रुपमा मनाइन्छ ।यस दिनमा देशभर विभिन्न कार्यत्रमका आयोजना हुन्छन् ।

नेपालमा हाल १ लाख भन्दा धेरै नर्सहरु रहेको नेपाल नर्सिङ परिषदको तथ्याङक छ ।नेपालका अस्पतालमा नर्सको अभाव उत्तिकै छ । राम्रो पारिश्रमिक र सेवा सुविधा नपाएकाले हरेका वर्ष हजारै नर्सहरु विदेशीने गरेका छन् ।विश्व स्वास्थ्य संगठनले एक नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था गरेको छ । तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ । संगठनका अनुसार सघन उपचार कक्षमा ‘एक बिरामी बराबर एक नर्स’ हुनुपर्ने भनेको छ भने जनरल वार्डमा एक नर्स बराबर आठ बिरामी हेर्नुपर्ने नियम छ । तर नेपालमा एकै नर्सले धेरै विरामी हेरीरहेका छन् ।

नर्सलाई नेपालमा दक्षता अनुसार काम गर्ने वतावरण मिलाउन परिषदले सरकारलाई आग्रह गरेको छ ।नर्सहरु बाहिरीने क्रमले भविष्यमा नर्सको अभाव हुने जानकारको अड्कल छ । तर, नर्सिङ शिक्षा लिएर बसेकाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो सरकार नै आकर्षक सेवा सुविधा पाइने भन्दै विदेश गएर रेमिट्यान्स पठाउनुपर्ने भन्दै गैरजिम्मेवार बन्दै गएको छ । मन्त्री गिरीले नै यस्तो जवाफ दिएका छन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्युनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा चारदेखि ६ शैयामा एक नर्स, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शैयामा एकजना नर्स, सघन उपचार कक्षमा प्रति बिरामी बराबर एकजना नर्स हुनुपर्ने व्यवस्था छ ।तर नेपालमा एउटै नर्सले सरदर ३० जना बिरामी हेर्नुपर्ने बाध्यता छ । तर, नर्सहरुलाई उचित रोजगारी र श्रमको सम्मान हुने गरि व्यवस्था मिलाउनुपर्ने सरकार नै गैरजिम्मेवार बनेपछि देशको स्वास्थ्य क्षेत्र नै समस्यामा त पर्दैन प्रश्न तेर्सिएको छ ।

Comments (0)
Add Comment