‘बिग बोस १६’ को उपाधि र्‍यापर एमसी स्टानले जितेपनि वास्तविक विजेता प्रियंका हो : सलमान

काठमाडौँ । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन् । शिव ठाकरे उपविजेता भए । यो सिजन ४ महिनासम्म चलेको थियो । पुरस्कारस्वरूप स्टेनले ३१ लाख भारु र एउटा लक्जरी कार पाए । यसअघि स्टेन एमटिभीका विजेता भइसकेका छन् ।प्रियंका चाहर चौधरी, ठाकरे र स्टान शीर्ष ३ फाइनलमा पुगेका थिए । प्रियंका अन्तिममा बाहिरिइन् । स्टानले सबैभन्दा बढी मत पाएका छन् ।

कार्यक्रमको फाइनल करिब ५ घण्टासम्म चलेको थियो । बिग बोस १६ को उपाधि प्रियंकाले जित्न नसकेपनि सलमानले आफ्नो लागि वास्तविक विजेता प्रियंका नै भएको बताएका छन् ।

Comments (0)
Add Comment