- Advertisement -

- Advertisement -

कतै खसी करायो कि आफैँलाई जिस्क्याएको जस्तै लाग्छ : गगन थापा

- Advertisement -

- Advertisement -

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुने भन्दै व्याङ्ग्य गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेको विगतको राष्ट्रपतिको व्यवहारबाट पाठ सिक्नुपर्ने बताउँदै एमालेबाट राष्ट्रपति चुनिए देश अप्ठ्यारोमा फस्ने दावी गरे ।महामन्त्री थापाले विगतमा एमाले नेतृत्वको कार्यकर्तालाई राष्ट्रपति बनाइएको पनि टिप्पणी गरे । जसका कारण वालुवाटार र शीतल निवास केन्द्र बनेको र एक ठाउँमा पुगेर संविधानलाई दु’र्घटनामा पार्न खोजिएको पनि उनको भनाइ थियो ।

- Advertisement -

- Advertisement -

सोही कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नपाइने हो भन्दै प्रश्नसमेत गरेका छन् । महामन्त्री थापलाले रास्वपा एमालेको साइबर सेनाभन्दा बढि आक्रमण भएको जिकिर गरे । उनले कतै खसी करायो कि आफैँलाई जिस्क्याएको जस्तै लाग्ने गरेको पनि सुनाए । यसअघि रास्वपाले सरकार छोडेको घोषणा गर्दै गर्दा सभापति रवि लामिछानेले महामन्त्री थापालाई बाख्रा प्रकरणले जीवनभर नछाड्ने र आफूलाई ४ श्रीमतीको काण्ड जहिले पनि जोडिने उल्लेख गरेका थिए ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...