- Advertisement -

- Advertisement -

रास्वपाले एक हप्तासम्म पार्टी स्थापना दिवस मनाउने

- Advertisement -

- Advertisement -

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रक्तदान, सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम गर्दै दोस्रो पार्टी स्थापना दिवस बनाउने भएको छ।

आगामी असार १ देखि ७ गतेसम्म वडादेखि केन्द्रसम्मका कमिटीले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो। पार्टी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरुलाई जिल्ला÷पालिकामा पुगेर कार्यक्रम आयोजना गर्न आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहल कदमी लिन अनुरोध गरेका छन्।

- Advertisement -

- Advertisement -

‘रक्तदान, सरसफाई, बृक्षारोपण, मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, नीजिक्षेत्र, क्लव, संघसंस्था समुदायसंग समेत सहकार्य गर्न सकिने ब्यहोरा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। त्यस्तै, पार्टी केन्द्रीय कार्यालयमा ७ गते चियापान कार्यक्रम समेत आयोजना गरिएको छ।सबै तहका समितिहरुले संयुक्त गर्ने बाहेकका कार्यक्रमहरू आफैँ आयोजना गर्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

- Advertisement -

- Advertisement -

उनका अनुसार, असार १ र दुई गते हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गरिने कार्यक्रम छ। असार ३ गते सो अनुगमनबारे सञ्चारकर्मीलाई जानकारी गराइने उनले बताए। त्यस्तै, असार ५ गते वृक्षारोपण र असार ७ गते चियापान कार्यक्रम राखिएको छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...