- Advertisement -

- Advertisement -

मार्केटमा आगलागी हुँदा ५ वटा पसल जलेर खरानी

- Advertisement -

- Advertisement -

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर स्थित सिटि मार्केटमा आइतबार बिहान आगलागी हुँदा पाँच वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ र अन्य चार पसलका केहि भाग जलेको छ ।स्थानीय व्यवसायीको रेडिमेड कपडा पसलमा विधुत हुँदा आगलागी सुरु भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।आगो निभाउन अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो, जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबाट दमकल आएका थिए । अधिकांश कपडा पसल रहेको उक्त मार्केटमा आगलागी सुरु भएलगत्तै स्थानीय व्यवसायीले प्रहरी र दमकललाई खबर गरेका थिए ।

- Advertisement -

- Advertisement -

प्रहरीका अनुसार बिहान ६ बजे सुरु भएको आगलागी करिब ९ बजे नियन्त्रणमा आएको थियो । करिब तीन घण्टासम्म लागेको आगोले करिब ६०–७० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।पछिल्लो समय भारतको रक्सौलमा किनमेल गर्न जाने नेपालीहरु रक्सौलकै अनुरुपमा जितपुर बजारमा पाउने भएपछि जितपुर बजारको आवजजावतमा बढ्दो छ । जितपुर बजारमा स्थानिय, हेटौँडा, पथलैया, निजगढ, चन्द्रनिगाहपुर, हरिवन, लालवन्दी समेतका व्यापारीहरुले होलसेल सामनहरु किनमेल गर्न आउने गरेको पाइन्छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...